विश्व अर्थतन्त्र

अस्ट्रेलियाले खारेज गर्‍यो ‘गोल्डेन भिषा’, दक्ष कामदार भिषाले प्रतिस्थापन गरिने

काठमाण्डौ । अस्ट्रेलियाले धनी विदेशी लगानीकर्ताहरूलाई प्रदान गर्दै आएको  गोल्डेन भिषा खारेज गरेको छ । विदेशी व्यापारलाई आकर्षित गर्न डिजाइन गरिएको गोल्डेन भिजाले कमजोर आर्थिक नतिजा उत्पन्न भएकाले अष्ट्रेलिया सरकारले खारेज गरेको हो ।  यो भिसाले धनी विदेशी लगानीकर्ताहरूलाई अस्ट्रेलिया बस्ने अधिकार प्रदान गर्ने गथ्र्यो ।