दुई महिना विदेशी स्याउको आयात रोक्न सरकारसँग माग
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउको बजार सुनिश्चित गर्न तत्काल विदेशबाट हुने स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले जुम्लालगायत हिमाली जिल्लाबाट स्याउ बजारमा आइसके पनि विदेशी स्याउको आयातका कारण नेपाली किसानले उत्पादनको उचित बजार पाउन नसकेको बताए।उनले सभामुख, सांसद तथा...

