भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि हिमालयन क्यापिटलको १० लाख १ हजार सहयोग
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।कम्पनीका अनुसार कुल सहयोग रकममध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उपलब्ध गराइएको हो। बाँकी १ लाख रुपैयाँ कम्पनीमा...

