हिमालय उर्जा विकासको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।