सोमबार, कार्तिक २,२०८३ 08:09:21
  • सोमबार, कार्तिक २,२०८३ 08:09:21
Global IME Bank Limited

हिमालय उर्जा विकासको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

Bizshala
हिमालय उर्जा विकासको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।  

कम्पनीले शतप्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असार ७ गते स्वीकृति पाएको थियो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.