प्रधानमन्त्री ओली दुबई जान लागेको खबर भ्रामक: हिमालय एयरलाइन्स
काठमाण्डौ । हिमालय एयरलाइन्सले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फ कम्पनीसम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतःअसत्य तथा भ्रामक भएको जनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको जहाज चढेर दुबई जान लागेको भन्ने खबर पूर्ण रुपमा झुठो भएको जनाएको हो ।