टेलिटकद्वारा नेपालमा HMD Crest 5G स्मार्टफोन सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । टेलिटक प्रालिले आज आफ्नो नयाँ HMD Crest 5G स्मार्टफोन सार्वजनिक गरेको छ । स्पष्ट डिटेल तथा तुरुन्तै सेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त HMD Crest 5G ले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने कम्पनीले जनाएको छ ।प्रयोगकर्ताको अद्वितीय विशेषताहरुलाई प्रतिनिधित्व गर्ने,प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम...