छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित
काठमाण्डौ । सूर्य उपासनाको महापर्व छठसँगै तराईका बजारमा आर्थिक चहलपहल बढेको छ। तिहार सकिएलगत्तै सुरु भएको छठको रौनकले विशेषगरी बाँसबाट निर्मित पूजाका सामग्रीको व्यापार चम्किएको छ। सुनसरीका विभिन्न बजारमा डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री किन्ने सर्वसाधारणको भीड बढेको छ।छठ पर्वमा बाँसका चोयाबाट बनाइएका सामग्रीको विशेष धार्मिक महत्त्व रहने भएकाले यतिबेला...

