आईतवार, कार्तिक २९,२०८३ 01:27:36
  • आईतवार, कार्तिक २९,२०८३ 01:27:36
Global IME Bank Limited

छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

Bizshala
छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित
New Office

 

काठमाण्डौ । सूर्य उपासनाको महापर्व छठसँगै तराईका बजारमा आर्थिक चहलपहल बढेको छ। तिहार सकिएलगत्तै सुरु भएको छठको रौनकले विशेषगरी बाँसबाट निर्मित पूजाका सामग्रीको व्यापार चम्किएको छ। सुनसरीका विभिन्न बजारमा डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री किन्ने सर्वसाधारणको भीड बढेको छ।

छठ पर्वमा बाँसका चोयाबाट बनाइएका सामग्रीको विशेष धार्मिक महत्त्व रहने भएकाले यतिबेला तिनको माग उच्च छ। विशेषगरी पूजाका लागि फलफूल तथा प्रसाद राख्न प्रयोग गरिने कोनिया र ढाकीको बिक्री उल्लेख्य रूपमा बढेको व्यापारीहरू बताउँछन्।

छठको अवसरमा सुनसरीका झुम्का, इनरुवा, इटहरीलगायत बजारमा बिहानैदेखि ग्राहकको चहलपहल देखिएको छ। शनिबार अबेरसम्म पनि बजारमा पूजाका सामग्री खरिद गर्नेहरूको भीड लागेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तीन–चार दिनमै तीन लाखभन्दा बढीको कारोबार

रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीका अनुसार छठ पर्वको समयमा तीनदेखि चार दिनभित्रै तीन लाख रुपैयाँभन्दा बढी मूल्यका बाँसका सामग्री बिक्री हुने गरेको छ।

उनले भोजपुर, धनकुटालगायत पहाडी जिल्लाका साथै भारतका विभिन्न स्थानबाट बाँसका सामग्री ल्याएर स्थानीय बजारमा बिक्री गर्दै आएका छन्।

स्थानीय उत्पादनले बजारको माग धान्न नसक्दा बाहिरी जिल्लासँगै भारतबाट समेत सामग्री ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

अर्का व्यापारी रितेश रौनियाका अनुसार छठ पर्व बाँसका सामग्रीको व्यापार गर्नेहरूका लागि वर्षकै महत्त्वपूर्ण मौसमी अवसर बनेको छ।

छठ पूजामा यस्ता सामग्री अनिवार्यजस्तै मानिने भएकाले तिहार सकिएलगत्तै कारोबार बढ्ने गरेको उनले बताए। आफैँले पर्याप्त सामग्री उत्पादन गर्न नसकिने भएकाले भारतबाट खरिद गरी झुम्का, इनरुवा र इटहरीका बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ।

छठले स्थानीय बजारमा उपभोग बढाउनुका साथै बाँसका सामग्री उत्पादन गर्ने कारीगर, आपूर्तिकर्ता तथा साना व्यवसायीका लागि समेत आम्दानीको अवसर सिर्जना गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

छठघाट सजिए, अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी पूरा

यसैबीच, आइतबार मनाइने छठ पर्वका लागि सुनसरीका नदी, खोला तथा जलाशय किनारमा आवश्यक तयारी पूरा भएको छ।

सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला, सुनसरी खोला तथा झुम्का–चतरा नहर किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावट सम्पन्न गरिएको छ।

स्थानीयवासी, धार्मिक संघसंस्था र युवा समूहको सक्रियतामा छठघाटलाई आकर्षक बनाइएको छ। पूजास्थलमा दीप, रङ्गोली तथा विद्युतीय बत्तीको व्यवस्था गरिएको छ।

विशेषगरी सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलामा सामूहिक रूपमा छठ पूजा गर्ने परम्परा छ।

छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी परिवारको सुख, शान्ति, समृद्धि तथा आरोग्यको कामना गरिन्छ।

धार्मिक आस्था र सांस्कृतिक उत्सवसँगै छठले तराईको मौसमी व्यापारलाई समेत गति दिएको छ। बाँसका सामग्रीदेखि फलफूल र अन्य पूजासामग्रीसम्मको माग बढ्दा बजारमा चहलपहल थपिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.