बीमा कम्पनीको सेयर बजारमा साढे ५५ अर्ब लगानी, एक वर्षमै थपियो १४ अर्ब ३६ करोड
काठमाण्डौ । बीमा कम्पनीहरूले नेपालको सेयर बजारमा लगानी उल्लेख्य रूपमा बढाएका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका सेयरमा कुल ५५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्।अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो लगानी ४० अर्ब ८२ करोड ९१ लाख रुपैयाँ थियो। यस हिसाबले एक वर्षमै बीमा कम्पनीहरूले सेयर...

