मंगलवार, आश्विन २७,२०८३ 05:07:21
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:07:21
Bizshala
Global IME Bank Limited

सेयरबजारप्रति बीमा कम्पनीहरुको आकर्षण, नौ महिनामा रु.५६.८७ अर्बको लगानी

Bizshala
सेयरबजारप्रति बीमा कम्पनीहरुको आकर्षण, नौ महिनामा रु.५६.८७ अर्बको लगानी
New Office

काठमाण्डौ । बीमा कम्पनीहरुले सेयरबजारमा पौने ५७ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् ।  

यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४०.६७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले सेयरबजारमा ४० अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।  

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन, लघुबीमा र पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।  

बीमकको लगानीलाई थप खुकुलो बनाउँदै प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको थियो । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।  

जस्तै, कुनै एक बैंकको चुक्तापूँजी एक अर्ब रुपैयाँ छ भने बीमा कम्पनीहरुले उक्त बैंकको सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।  

यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सेयरबजारमा लगानी गर्न पाउने सीमाको दायरा बढेपछि बीमा कम्पनीहरुले धमाधम यो क्षेत्रमा लगानी बढाएका हुन् । तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश बीमा कम्पनीले सेयरबजारमा उल्लेख्य लगानी बढाएका छन् ।  

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले मात्रै ४६ अर्ब ११  करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिसम्मको त ुलनामा ३९.४२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ लगानी गरेका थिए ।  

सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानी गत आवको तुलनामा १७.२० प्रतिशत बढेको छ ।  

चैत मसान्तसम्म सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको यो क्षेत्रमा लगानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।  

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले सेयरबजारमा १९.७४ प्रतिशतले लगानी बढाएका छन् । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १९.७४ प्रतिशत बढेर ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा बढी लगानी राष्ट्रिय बीमा कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ  । सो अवधिसम्म सानिमा जिआइसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको यो क्षेत्रको लगानी भने घटेको छ ।  

त्यस्तै, लघुबीमा कम्पनीहरुले पनि यो क्षेत्रमा ३८ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । लघुबीमकहरुको यो लगानी रकम गत आवको तुलनामा १२.२६ प्रतिशत बढी हो ।  

यसका साथै पुनर्बीमा कम्पनीहरु हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सले पनि सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । दुई रि इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको तुलनामा १००.४१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म यी दुई कम्पनीले २ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ लगानी गरेको थियो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X