स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजले ल्याए शुन्य ब्याजमा किस्ता सुविधा
काठमाण्डौ । के एल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योर का उपकरणहरू शुन्य प्रतिशत ब्याजमा १२ महिनासम्म किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।यस नयाँ सुविधा अन्तर्गत ग्राहकहरूले अब एकैपटक ठूलो रकम तिर्नु नपरी, सजिलै आफ्नो मनपर्ने घरेलु उपकरण खरीद गर्न सक्नेछन्।

