जापानमा कैँची हराएपछि ३६ वटा उडान रद्द, विमानस्थल २ घण्टाका लागि बन्द
काठमाण्डौ । जापानमा एक जोडी कैँची हराएपछि ३६ वटा उडान रद्द र २०१ वटा उडान प्रभावित भएका छन् । बोडिङ गेट नजिकको स्टोरमा एक जोडी कैँची हराएपछि शनिबार जापानको होक्कायडो न्यू चितोस एयरपोर्टको आन्तरिक टर्मिनल करिब २ घण्टाका लागि बन्द गरिएको थियो । जसका कारण हजारौं यात्रु अल्पकालका लागि अलपत्र परेका थिए । प्रस्थान कक्षमा यात्रुहरुको लामो लाइन लागेको र यात्रुहरुको पुनःचेकअप...