मंगलवार, कार्तिक ३,२०८३ 04:55:52
  • मंगलवार, कार्तिक ३,२०८३ 04:55:52
Global IME Bank Limited

जापानमा कैँची हराएपछि ३६ वटा उडान रद्द, विमानस्थल २ घण्टाका लागि बन्द

Bizshala
जापानमा कैँची हराएपछि ३६ वटा उडान रद्द, विमानस्थल २ घण्टाका लागि बन्द
New Office

काठमाण्डौ । जापानमा एक जोडी कैँची हराएपछि ३६ वटा उडान रद्द र २०१ वटा उडान प्रभावित भएका छन् । बोडिङ गेट नजिकको स्टोरमा एक जोडी कैँची हराएपछि शनिबार जापानको होक्कायडो न्यू चितोस एयरपोर्टको आन्तरिक टर्मिनल करिब २ घण्टाका लागि बन्द गरिएको थियो ।  

जसका कारण हजारौं यात्रु अल्पकालका लागि अलपत्र परेका थिए । प्रस्थान कक्षमा यात्रुहरुको लामो लाइन लागेको र यात्रुहरुको पुनःचेकअप गरिएको थियो ।  

विमानस्थलका अधिकारीहरुले हराएको कैँची खोज्ने प्रयास जोडतोडका साथ गरेको थिए र अन्त्यसम्म भोलीपल्ट उक्त स्टोरमै कैँची भेटिएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शनिबारका दिन कैँची नभेटिएपनि उक्त दिन सेक्युरिटी चेकअप र फ्लाइटहरु भने सुचारु गरिएको थियो । होक्काइडो एयरपोर्टले सोमबार स्टोरकै कर्मचारीले उक्त कैँची भटेको जानकारी दिएको छ ।  

अधिकारीहरुले भेटिएको कैँची हराएकै भनिएको पुष्टि गर्न जानकारी दिन केही ढिला भएको बताएका छन् । उडान अवरुद्धका कारण वार्षिक वोन होलिडे मनाउन यात्रा गरिरहेका हजारौं यात्रु मर्कामा परेका थिए ।  

यसको घटना सार्वजनिक भएपछि जापानको जग्गा,पूर्वाधार,यातायात तथा पर्यटन मन्त्रालयले विमानस्थललाई घटनाको कारण र भविष्यमा यस्तो हुन नदिन रोकथाम गर्न अनुसन्धान गर्न निर्देशन दिएको छ ।  

होक्काइडो विमानस्थल प्रशासनले यो घटना प्रयाप्त स्टोरेज र स्टोरमा व्यवस्थापन प्रणालीको अभावका कारण भएको जनाएको छ । ‘हामी सचेत छौं कि यो एक घटना हो, जुन विमान अपहरण वा आतंकवादसँग जोडिन सक्थ्यो र हामी पुनः व्यवस्थापन सचेतनाका लागि काममा लाग्ने छौं,’ विमानस्थल प्रशासनले भनेको छ ।  

सामाजिक सञ्जाल एक्समा विमानस्थलले घटनाप्रति चालेको कदमको प्रशंसा भईरहेको छ । प्रयोगकर्ताहरुले यसले जापानको हवाई क्षेत्र कति सुरक्षित छ भन्ने प्रमाािणत गरेको बताएका छन् ।    

नयाँ चितोसे जापानको सबैभन्दा व्यवस्त एयरपोर्टहरुमध्ये एक हो । जसले टोकियो र साप्पोरोबीचको विश्वको दोस्रो सर्वाधिक यात्रा गरिएको आन्तरिक हवाई मार्गमा सेवा प्रदान गर्छ । सन् २०२२ मा १ करोड १५ लाख बढी यात्रुहरुले यो विमानस्थल प्रयोग गरेका थिए ।   

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.