सरकारले धान नकिन्दा किसानलाई प्रतिक्विन्टल ८६० रुपैयाँसम्म घाटा, व्यापारीलाई सस्तोमा बेच्न बाध्य
काठमाण्डौ । सरकारले समयमै धान खरिद नगर्दा बर्दियाका किसान न्यूनतम समर्थन मूल्यभन्दा निकै सस्तोमा आफ्नो उत्पादन बिक्री गर्न बाध्य भएका छन्। धान भित्र्याउने मुख्य सिजनमै सरकारी खरिद प्रक्रिया ढिलाइ हुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् भने स्थानीय व्यापारीलाई सस्तोमा धान बेच्नुपर्ने अवस्था सिर्जना भएको छ।सरकारले चालु वर्षका लागि मोटा धानको न्यूनतम...

