कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा १११ प्रतिशतको उछाल, ईपीएस कति ?
कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दोब्बरभन्दा बढी भएको छ। तर नाफाको यो वृद्धिलाई बैंकको मुख्य आम्दानीले साथ दिएको छैन। खुद ब्याज आम्दानीमा ठूलो गिरावट आएको अवस्थामा कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको व्यवस्था फिर्ता अर्थात् ‘प्रोभिजन रिभर्सल’ ले नाफा उकास्न निर्णायक भूमिका खेलेको छ।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को...

