खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धादिङका रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको सचिवालयले जनाएको छ।प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना...