आयातित सवारी साधनमा २०% सम्म राजश्व हिनामिना भएको छः खुस्बु ओली
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारी साधनमा कर संरचना दुरुपयोग गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आरोप लगाएकी छन्।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले सवारी साधनको सिट क्षमतामा हेरफेर गरी कर दर घटाउने काम भएको दाबी गरिन्।

