किम जोङ उन र भ्लादिमिर पुटिन चीनको सैन्य परेडमा एकसाथ देखिदै
काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उन सेप्टेम्बर ३ मा चीनमा हुन लागेको सैन्य परेडमा सहभागी हुने भएका छन् । चीनको विदेश मन्त्रालयले यससम्बनधी जानकारी दिएको हो ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सो कार्यक्रममा सहभागी हुने भएका छन् । चीनमा आयोजना हुने यो ‘विजय दिवस’ परेड जापानसँगको युद्धको ८०औँ वर्षगाँठको अवसरमा आयोजना हुनेछ ।