काठमाण्डौ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई ‘बिना शर्त समर्थन’ दिने बताएका छन् ।
उत्तर कोरियाको भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको छलफलका क्रममा किम जोङ उनले ‘युक्रेनी संकटको मूल कारणसँग जुध्न रुसले चालेका सबै कदमलाई समर्थन गर्ने’ बताए ।
पश्चिमी अधिकारीहरू उत्तर कोरियाले युक्रेन विरुद्धको लडाईमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको विश्वास गर्छन् । रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो। त्यसयता दुई देशबीच युद्ध जारी छ।
यसै क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा एउटा भिडियो पोस्ट गरेका छन् । जसमा लाभरोभ हात मिलाउँदै किम जोङलाई अँगालो हालेको देखिएका छन् ।