कुमारी बैंकले ल्यायो तिहार र छठको अफर, २५% सम्म क्यासब्याकको सुविधा
काठमाण्डौ । कुमारी बैंकले तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो ।