लुम्बिनी विकास बैंकका संस्थापक सेयर बिक्रीमा, खरिदका लागि ३५ दिनको समय
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार ७०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।बैंकका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका हुन्। सोहीअनुसार बैंकले विद्यमान संस्थापक सेयरधनीहरूको जानकारीका लागि सूचना प्रकाशित गरेको छ।

