जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.५३.३९ अर्ब बीमाशुल्क, नेपाल लाइफ एक्लैले २८.८६%
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले ५३ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरुले चालु आवको ४ महिनामा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनामा ८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।...