माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’
काठमाण्डौ । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक गरेको छ।बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘MAYA’ आइकनमार्फत ग्राहकले आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्।ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘MAYA’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो।...

