महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाण्डौ । महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ (Excellence in Banking Innovation and Customer Delight) विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच India Business Awards 2025 कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

