आईतवार, असार १५,२०८२ 02:25:03
  • आईतवार, असार १५,२०८२ 02:25:03
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

Hyundai Nepal
महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।  

यस अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछ्न । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधी तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

यो सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक क्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनी सँगै बैंकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई रु. ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) को अफर समेत ल्याएकोले ग्राहकहरुलाई अझ फाइदाजनक हुनेछ ।  

डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बेैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रीत हुने विश्वास बैंकले लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.