काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । अघिल्लो आवमा १ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ ।
यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ । बैंकको वितरणयोग्य मुनाफा ६३.०३ प्रतिशतले घटेर ३ करोड ४८ लाखमा सीमित बनेको छ । यससँगै बैंकको लाभांश क्षमता पनि १.६२ प्रतिशतमा खुम्चिएको छ ।
बैंकका रिजर्भको आकार भने २ अर्ब ३४ करोडबाट बढेर २ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ । खराब कर्जा अनुपात भने ४.९३ प्रतिशतबाट वृद्धि भएर ६.१० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१४.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६५.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७४ गुणा र तरलता अनुपात २८.५१ प्रतिशत कायम भएको छ ।

