महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना
काठमाण्डौ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । यो योजना यही असार ९ देखि २१ गतेसम्मका लागि लागू हुनेछ । यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा १००० रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नु पर्नेछ । ...