बुधबार, चैत्र २०,२०८१ 12:53:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:53:19
IME remit
Global IME Bank Limited

एक्सपर्टिजबिना उत्पादित महिन्द्राका इभी एसयूभीको कन्तबिजोग, मार्केटमा टिक्नै धौ धौ

'बल्ल त बन्दैछ डेडिकेटेड इभी प्रडक्सन प्लान्ट, ग्राहक सचेत बन्नुपर्ने'

Hyundai Nepal
एक्सपर्टिजबिना उत्पादित महिन्द्राका इभी एसयूभीको कन्तबिजोग, मार्केटमा टिक्नै धौ धौ
Nabil Bank Limited

काठमाण्डौ । आफ्ना पछिल्ला उत्पादनहरुको बजार बिग्रिएर एकपछि अर्को धक्का व्यहोरिरहेको महिन्द्राले नेपाल पठाएका विद्युतीय एसयूभीहरु गुणस्तरहीन रहेका रहस्य खुलेको छ ।  

पछिल्लो समय नेपालमा पनि निकै तामझामका साथ लञ्च गरी भव्य प्रचार भइरहेको महिन्द्राको 'XUV 400 EV' नामको इभी एसयूभीको गुणस्तरकै कारण बजार डामाडोल छ ।

नेपालमा महिन्द्राका गाडीहरुको आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेटेड प्रालि हो । यसले वर्षौ समय लगाएर बनाएको देशव्यापी मजबुत नेटवर्कले समेत गाडी बिक्रीमा कुनै काम गर्न सकेको छैन । 

Shivam Cement
Bizshala
CG Motors

अग्नी इन्कर्पोरेटेडको सेल्स टिमका एक सदस्यका अनुसार गुणस्तरमा समस्या देखिएकै कारण महिन्द्राका पछिल्ला उत्पादनहरुले बजार लिन सकेका छैनन् । अझ इभीमा त महिन्द्राको उपस्थिति दयालाग्दो बन्दै गएको छ ।  

किन यस्तो भयो त ?

महिन्द्राका उत्पादनहरुको व्यापार गर्ने अग्नी इन्कर्पोरेटेडका अधिकारीहरु मिडियासँग बोल्दा नेपालको बाटो र माटो सुहाउँदो इभी एसयूभीहरु आफूहरुको मात्र रहेको दाबी गर्छन् । तर, यथार्थ भने धेरै फरक छ । जस्तो ः महिन्द्राले जति पनि इभीहरु बजारमा ल्याइरहेको छ, ती सबै इभीको बढ्दो क्रेजमा व्यापार गरिहालौं भन्ने हतारोले उत्पादन गरी ल्याइएको देखिन्छ । लामो तयारी गरेर वा वास्तविक इभी निर्माणको प्ल्याटफर्म नै बनाएर उसले इभीको उत्पादन थालिसकेको छैन ।  

महिन्द्रासँग अहिलेसम्म इभी नै उत्पादन गर्ने डेडिकेटेड प्लान्ट नै छैन । महाराष्ट्रको चकन(पुने नजिकै)मा महिन्द्राले अहिले बजारमा पठाइरहेको इभीहरुको प्रोडक्सन हुने गरेको छ । तर, यो कामचलाउ तरिका मात्र हो । यो प्लान्टमा परम्परागत(पेट्रोल डिजेल इञ्जिन कार) एसयूभीहरुको उत्पादन हुँदै आएको थियो । खासमा यो इन्टरनल कम्बसन इञ्जिन(आईसीई) वर्गका गाडी उत्पादन हुँदै आएको पुरानो प्रडक्सन प्लान्ट हो । त्यहीँ कामचलाउको रुपमा महिन्द्राले इभी उत्पादन गर्छ, विज्ञकाअनुसार जुन गलत हो ।  

एक्सयूभी ४०० इभी र महिन्द्राका अन्य कमर्सियल इभीहरु समेत यही प्ल्याटफर्मबाट उत्पादन भएर नेपाल पठाइन्छ ।  

महिन्द्राले हालसालैबाट तेलंगाको जहिरावादमा इभीको डेडिकेटेड प्रडक्सन प्ल्याटफर्म विकासमा लागि लगानी गरिरहेको छ ।  

यस्तै, हालै मात्र महिन्द्राले पुनेमा डेडिकेटेड इभी प्रडक्सन प्लान्ट निर्माणका लागि १० हजार करोड भारु लगानीको घोषणा गरेको थियो । यही प्लान्टबाट आगामी दिनमा इभीहरु उत्पादन भई बजारमा आउने अपेक्षा गरिएको छ ।  

यस्तै, महिन्द्राले हालसम्म इभीमा प्रयोग हुने ब्याट्री आफैं उत्पादन गर्दैन । अरु उत्पादकबाट उत्पादित ब्याट्रीहरु प्रयोग गर्छ । प्रयोगकर्ताहरुको अनुभवमा महिन्द्राको इभीमा प्रयोग हुने ब्याट्रीहरु एनएमसी ब्याट्री प्याकहरु हुन्, जुन एलजी इनर्जी सोलुसनले सप्लाई गर्छ । इभीमा प्रयोग हुने यस्ता ब्याट्रीहरु सुरक्षित र टिकाउ मानिँदैन ।  

यसरी हेर्दा महिन्द्राले अग्नी इन्कर्पोरेटेडमार्फत हालसम्म जति पनि इभीहरु नेपाल पठाइरहेको छ, ती कार खरीद गर्नु बालुवामा पानी हाल्नुसरह हो । बजारमा बगे्रल्ती विकल्पहरु उपलब्ध हुँदा हुँदै यस्ता गुणस्तरहीन प्रडक्सनमा फस्न नहुने विज्ञ सुझाव दिन्छन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इभीको बढ्दो व्यापार देखेर त्यसमा प्रवेश गरिहाल्ने र आफूलाई प्रतिस्पर्धी बनाउने महिन्द्राको हतारोपनले न त गुणस्तरीय इभी बजारमा आएका छन्, न त डेडिकेटेड प्ल्याटफर्मममा उच्च प्रविधिले सुसज्जित भई आएका चाइनिज इभीसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता नै बनेको छ । बरु महिन्द्राको समग्र अटो व्यापारका लागि जोडजाड गरी जबरजस्ती इभीको स्वरुपमा ढालिएका परम्परागत गाडीहरु नै सेटब्याक बन्न थालेको देखिन्छ।  

यहीकारण महिन्द्राको एक्सयूभी ४०० इभीमा समस्यै समस्या छन् । यो गाडी लिने प्रयोगकर्ताहरुले पाउनुसम्म दुःख पाएका छन् । यो इभीमा देखिएको ब्रेकडाउन भइरहने गम्भीर समस्या, एसी इभेन्ट्स, भेन्टिलेडेट सिट र अटोमेटिक क्लाइमेट कन्ट्रोलका समस्या, रिमोट अनब्लक, प्रिकुलिङ लगायतका बग्रेल्ती कमजोरी, भद्रगोल इन्टेरियर डिजाइन, ब्याट्री टेक्नोलोजी लगायतका केही गम्भीर समस्या र त्यसका कारण विगतमा भारतीय बजारमा भएका रिकल लगायतका विषयमा विस्तृत रिपोर्ट अर्को अंकमा प्रकाशन गर्नेछौं ।  

खासमा महिन्द्राको इभी एक्सपर्टिजबिनाको जबरजस्ती विद्युतीय बनाइएका उत्पादनहरु मात्र हुन् । गाडीको वजन र ब्याट्रीको प्याकमा उस्तै फ्रड गरिएको देखिन्छ भने ब्याट्रीमा हिटिङ र कुलिङ सिस्टमको उस्तै समस्या छ । अर्को हिसाबले भन्दा टालटुल पारेर बनाइएका नक्कली इभीलाई महिन्द्राले असली भनेर बेचिरहेको छ, सर्वसाधारण ग्राहकमा भ्रमको खेती गरिरहेको छ । गाडी चढ्ने रहर पूरा गर्ने नाममा समस्यै समस्याले सुसज्जित प्रडक्टहरुबाट टाढा बस्नु नै बेस हुने विज्ञहरुको दाबी छ ।  

बजारमा पठाइएका महिन्द्राका इभीहरुमा देखिएका समस्याहरुको विषयमा प्रतिक्रिया लिन खोज्दा नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अग्नी ग्रुपका कुनै पनि प्रतिनिधि बोल्न तयार भएनन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.