बिहीबार, भाद्र ४,२०८३ 02:40:19
Bizshala
  • बिहीबार, भाद्र ४,२०८३ 02:40:19
Bizshala
Global IME Bank Limited

लघुबीमकहरुको व्यवसाय १९.०५% ले वृद्धि, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?

लघुबीमकहरुको व्यवसाय १९.०५% ले वृद्धि, सूचीकृत कम्पनीको प्रदर्शन कस्तो ?
New Office

काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय २६.६९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्ममा ५१ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।  

यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा २६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्म जीवन तथा निर्जीवन लघुबीमकहरुले ४० करोड ६९ लाख रुपैयाँ प्रियिमम भित्र्याएका थिए ।  

सबै लघुबीमकहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । लघुबीमा कम्पनीहरुले पछिल्लो समय आफ्नो शाखा सञ्जाल र कर्मचारी संख्या बढाएर व्यवसाय पनि उल्लेख्य बृद्धि गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लघुबीमा कम्पनीहरुले ग्रामिण क्षेत्र तथा स्थानीय निकायहरुसँगको सहकार्यमा लघुबीमा सेवा उपलब्ध गराउँदै आइरहेका छन् ।  

Bizshala
CG Motors

सो अवधिसम्म जीवन लघु बीमकहरुले मात्रै २४ करोड ७४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन् । जसमा सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले ८ करोड ९२ लाख, दोस्रोमा क्रेष्ट माइक्रो लाइफले ८ करोड ६२ लाख र लिबर्टी माइक्रो लाइफले ७ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

त्यस्तै, निर्जीवन लघुबीमा कम्पनीहरुले पहिलो त्रैमाससम्म २६ करोड ८१ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् । सर्वाधिक नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ९९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६ करोड ९५ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका छन् ।  

हाल नेप्सेमा तीन लघुबीमा कम्पनी मात्रै सूचीकृत छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो बजारमा सूचीकृत कम्पनी हुन् ।  

त्यस्तै, प्रोटेक्टिभ माइक्रो, लिबर्टी माइक्रो लाइफ र स्टार माइक्रो इन्स्योरेन्सले भने आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.