शनिबार, जेष्ठ २,२०८३ 07:03:36
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 07:03:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६५ भन्दा बढी फिचर्सका साथ नयाँ हुन्डाई भेन्यू लञ्च

Laxmi Sunrise Bank Limited
६५ भन्दा बढी फिचर्सका साथ नयाँ हुन्डाई भेन्यू लञ्च
Shivam Cement

काठमाण्डौ । हुन्डाई कम्पनीले आफ्नो नयाँ भेन्यू भारतमा सार्वजनिक गरेको छ । यो भेन्यूको नयाँ मोडल हो, कम्पनीको सबैभन्दा बढी बिक्रि हुने कम्प्याक्ट एसयूभी मध्येको एक हो र पुरानो मोडलको तुलनामा यसमा धेरै परिवर्तन गरिएको छ ।  

गाडीको बाहिरी र भित्री भागमा परिवर्तन गरी पहिलेको भन्दा आकर्षक बनाइएको छ । नयाँ भेन्यू ६ मोनोटोन र दुई डुअल टोन कलरमा लन्च गरिएको छ । यसको मूल्य ७.८९ लाख रुपैयाँबाट सुरु भएर ९.१४ लाख भारुसम्म रहेको छ ।  

लन्चसँगै यसको बुकिङ पनि सुरु भएको छ र डेलिभरी पनि चाँडै सुरु हुने अपेक्षा गरिएको छ ।  

६५ भन्दा बढी फिचर्स

नयाँ भेन्यूमा ६५ भन्दा बढी फिचर्स छन्, जसमध्ये ३३ फिचर्स स्ट्याण्डर्ड छन् (सबै भेरियन्टहरूमा(। यसमा ७१ प्रतिशत उच्च शक्तिको स्टिल प्रयोग गरिएको छ । स्मार्टसेन्स लेवल २ एटीएस (एडवांस्ड ड्राइवर असिस्टेंस सिस्टम) सूटमा १६ड्राइवर–असिस्ट फीचर्स समावेश छ । जस्तै फरवार्ड कोलिजन–अब्याईडेन्स असिस्ट, लेन कीपिंग असिस्ट र स्मार्ट क्रूज कन्ट्रोल।  

Bizshala
New Office
CG Motors

सेफ्टी फिचरको कुरा गर्दा यसमा ६ एयरब्याग, हिल स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, अल डिस्क ब्रेक र टीपीएमएस जस्ता फिचर उपलब्ध गराइएको छ । यससँगै कम्पनीले नयाँ भेन्यू एन लाइन पनि लन्च गरेको छ ।

नयाँ भेन्यू पहिलेको भन्दा ४८ एमएम अग्लो र ३० एमएम फराकिलो छ, जसले केबिन स्पेस र सडकको उपस्थितिलाई सुधार गरेको छ। यसमा डार्क क्रोम ग्रिल, होराइजन एलईडी लाइट बार, क्वाड(बिम एलईडी हेडलाइट र ह्वील आर्चहरू छन्।

अन्य डिजाइन तत्वहरूमा ब्रिज स्टाइल रुफ, ढोका प्यानलहरू र पछाडिको झ्यालको गिलासमा ‘भेन्यु’ लोगो समावेश छन्। नयाँ भेन्यूको केबिनलाई पूर्ण रूपमा पुनः डिजाइन गरिएको छ, जसमा धेरै प्रिमियम सुविधाहरू समावेश गरिएको छ। एच–थीम लेआउट ड्यासबोर्ड र टेराज्जो टेक्स्चर डिजाइनले यसलाई आधुनिक लुक दिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

केबिनमा डार्क नेभी र डभ ग्रे कलरको डुअल टोन संयोजन छ। केबिनमा दुई ठूला १२.३ इन्चको पानोरामिक कर्भ डिस्प्ले प्रदान गरिएको छ। एउटा इन्फोटेनमेन्टका लागि र अर्को पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि।

नयाँ भेन्यू एनभिडिया हार्डवेयरद्वारा संचालित हुन्डाईको नयाँ जडान कार नेभिगेसन ककपिटको साथ आउँछ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.