काठमाण्डौ । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । यो योजना यही असार ९ देखि २१ गतेसम्मका लागि लागू हुनेछ ।
यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा १००० रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नु पर्नेछ ।
बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले ग्राहकहरूको सुविधाको लागि कम्पनीले यस्ता योजनाहरू ल्याइरहेको र यो योजना पनि त्यसैको निरन्तरता रहेको बताएका छन् ।
यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।
साथै, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ । यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंग, लगायत अन्य सुबिधा पनि उपलब्ध गराउने छ ।