नेपालमा क्रस बोर्डर भुक्तानीका लागि एनसीएचएल र मास्टर कार्डबीच रणनीतिक साझेदारी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालित विश्व प्रविधि कम्पनी मास्टर कार्डले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि मास्टरकार्ड कार्ड प्रयोग गरी क्यूआर भुक्तानीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।