इरानमा रहेका नेपालीलाई छिटो फर्कन र जान लागेकाले भ्रमण स्थगित गर्न ट्राभल एड्भाइजरी जारी
काठमाण्डौ । अमेरिका र इरानबीचको बढ्दो तनावका बीच नेपाल सरकारले इरान भ्रमण गर्ने योजना बनाएका वा हाल त्यहाँ रहेका नेपाली नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, इरानमा रहेका नेपालीले सकेसम्म छिटो स्वदेश फर्किनुपर्ने सल्लाह दिइएको छ भने नयाँ यात्राको योजना तत्काल स्थगित गर्न भनिएको छ।

