मंगलवार, भाद्र २,२०८३ 08:40:09
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 08:40:09
Bizshala
Global IME Bank Limited

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय
New Office

काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।  

Bizshala
CG Motors

विज्ञप्तीमा उल्लेख छ ,‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने पनि विज्ञप्तीमा उल्लेख छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.