Bizshala
  • मंगलवार, असार २३,२०८३ 09:53:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खाडीमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

Laxmi Sunrise Bank Limited
खाडीमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाण्डौ । मध्यपूर्वमा पछिल्लो समय विकसित घटनाक्रमले त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षाबारे चिन्ता बढिरहेका बेला परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन अभियान सुरु गरेको छ। मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत जोखिम मूल्याङ्कन, आपत्कालीन तयारी र सम्भावित उद्धार योजनाका लागि आवश्यक विवरण संकलन गर्न थालिएको हो।

खाडी क्षेत्रस्थित नेपाली नियोगहरूले उक्त प्रणालीको प्रचारप्रसार तीव्र पारेका छन्। नेपाली दूतावास रियादले विशेष सूचना जारी गर्दै त्यहाँ रहेका नेपाली श्रमिक तथा अन्य नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। दूतावासका अनुसार व्यक्तिगत अवस्था, बसोबास क्षेत्र, सम्पर्क विवरण र कार्यस्थलसम्बन्धी सूचना आगामी निर्णय प्रक्रियामा महत्वपूर्ण आधार बन्नेछ।

New Office
CG Motors
Garima Development Bank

पोर्टलमार्फत विशेषगरी साउदी अरेबिया र यमन मा रहेका नेपालीको तथ्यांक संकलनलाई प्राथमिकता दिइएको छ। ती क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सम्भावित आपत्कालीन अवस्थाका लागि पूर्वतयारी स्वरूप तथ्यांक एकीकृत गर्न खोजिएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाहरूले पनि आफ्ना सञ्जाल सक्रिय बनाएका छन्। उनीहरूले आपसी समन्वयका लागि सम्पर्क व्यक्ति तोक्नुका साथै समुदायस्तरमा सूचना आदानप्रदान सुदृढ बनाउने पहल गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.