नेपालमा मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’ सार्वजनिक, मूल्य कति ?
काठमाण्डौ । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल निर्माता मोन्ट्रा इलेक्ट्रिकले नेपालको बजारमा आफ्नो फ्ल्यागसिप यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ। कम्पनीले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा प्रवेश गराएको हो।मोन्ट्रा इलेक्ट्रिकले नेपालमा आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिंग प्रालिमार्फत सुपर अटो बिक्री सुरु गरेको हो।...

