बजार नबढ्दा ४५ म्युचुअल फण्ड घाटामा, सेयरबजारमा धमाधम लगानी थप्दै
काठमाण्डौ । गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनपश्चात् नेपालको पूँजीबजारले खासै गति लिन सकिरहेको छैन । अस्थिर राजनीति र चुनावी माहोल राम्रो नबनेका कारण सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन, जसकारण सेयरबजारले लय समाउन नसकिरहेको अवस्था छ ।सेयरबजारमा संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको...

