नर्सका माग सम्बोधन गर्न सरकारलाई दबाब, वीर अस्पतालअगाडि प्रदर्शन
काठमाण्डौ । नर्सिङ क्षेत्रमा देखिएको श्रम शोषण, न्यून सेवा–सुविधा र नीतिगत समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नर्सहरूले सोमबार वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा कार्यरत नर्सहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै अनसनरत नर्स ज्योति रानाभाटले उठाएका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।

