सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्न आदेश
काठमाण्डौ । सरकारले सार्वजनिक खर्चमा संयम कायम राख्ने र सूचना प्रकाशन प्रणालीलाई थप स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्देश्य राख्दै अबदेखि सरकारी विज्ञापन तथा सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारबाट जारी निर्देशनअनुसार अब सबै सार्वजनिक...

