अल्पकालीनलाई ५% र दीर्घकालीनलाई ३% लाभकर कायम गर्ने लगायत लगानीकर्ताका ११ बुँदे माग सेबोनमा
काठमाण्डौ । विभिन्न लगानीकर्ता संघ संगठनले पुँजी बजारको समस्या समाधान तथा यो क्षेत्रको विकास र विस्तारका लागि शुक्रबार सुझाव बुझाएका छन् । अघिल्लो साता अर्थमन्त्री बर्षमान पुनले बजार सुधार र विकासको बिषयमा सरोकारवालहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई निर्देशन दिएका थिए ।