एनसेल नेपाल सुपर लिगद्वारा आउँदो सिजनका लागि सी श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा
काठमाण्डौ । एनसेल नेपाल सुपरलिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी–श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । जसले गर्दा आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ। सी–श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए । जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्टअघि एक खेलाडीलाई कायम राखेको छ।...