सोमबार, फाल्गुन २६,२०८१ 04:13:45
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 04:13:45
IME remit
Global IME Bank Limited

एनसेल नेपाल सुपर लिगद्वारा आउँदो सिजनका लागि सी श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा

Hyundai Nepal
एनसेल नेपाल सुपर लिगद्वारा आउँदो सिजनका लागि सी श्रेणी ड्राफ्ट खेलाडीहरूको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । एनसेल नेपाल सुपरलिग (एनएसएल) ले आफ्नो बहुप्रतिक्षित सी–श्रेणी खेलाडी ड्राफ्ट सफलतापूर्वक सम्पन्न गरेको छ । जसले गर्दा आगामी सिजन अगाडि सबै सात टोलीले आशाजनक युवा प्रतिभाहरू सुरक्षित गरेको सुनिश्चित भएको छ। सी–श्रेणीमा कुल ९४ खेलाडीहरू सर्टलिस्ट गरिएका थिए ।  जसमध्ये आज २७ जना छनोट भएका थिए भने पोखरा थन्डर्स एफसीले ड्राफ्टअघि एक खेलाडीलाई कायम राखेको छ। प्रत्येक फ्रान्चाइजीले लिगमा सीप, जोश र क्षमता ल्याउने चार खेलाडीहरू छनोट गरेर आफ्नो रोस्टरलाई अन्तिम रूप दिएको छ।

एनएसएल सी–श्रेणी खेलाडी ड्राफ्ट मार्फत सातै टिमहरूका लागि निष्पक्ष छनोट प्रक्रिया सुनिश्चित गरिएको छ। प्रत्येक टिमले चारजना खेलाडी छनोट गरेका छन्। ड्राफ्टको क्रम लटरी प्रणालीमार्फत निर्धारण गरिएको थियो। पहिलो चरणमा टिमहरूलाई क्रमैसँग छनोट गर्ने अवसर दिइएको थियो भने त्यसपछि चाहिँ स्नेक ढाँचामा चयन प्रक्रिया अगाडि बढेको थियो । यसअनुसार प्रत्येक अल्टरनेट चरणमा छनोटको क्रम उल्टो गरी गरिएको थियो। उदाहरणका लागि, पहिलो र तेस्रो चरणमा टिम १ देखि टिम ७ सम्म चयन गर्ने क्रममा थियो भने दोस्रो र चौथो चरणमा टिम ७ बाट टिम १ सम्मको क्रम अपनाइएको थियो। यस प्रणाली अनुसार सबै टिमहरूले आफ्नो सी–श्रेणी खेलाडी कोटा पूरा गरेकाछन्।

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई स्वागत गरेको थियो भने धनगढी एफसीले अमृत श्रेष्ठलाई अनुबन्ध गरेको थियो। एफसी चितवनले विवेक गुरुङलाई छनोट गरेको छ भने झापाले सृजन दानीलाई छनोट गरेको छ। काठमाण्डौ रेजर्स एफसीले भरत चौधरी, ललितपुर सिटी एफसीले मनोज राई र पोखरा थन्डर्स एफसीले नरेन चौधरीलाई रिटेन गरेको छ।

दोस्रो चरणमा बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बु र धनगढी एफसीले रोहन खड्गीलाई छनोट गरेको छ। एफसी चितवनले शिशिर चौधरी र झापा एफसीले एरोनथापालाई छनोट गरेको छ। काठमाण्डौ रेजर्स एफसीले मौसम लुंगेली मगरलाई, ललितपुर सिटी एफसीले पवन शाहीलाई र पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई छनोट गरेको छ।

तेस्रो राउण्डमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठलाई छनोट गरेको छ भने धनगढीले हरिशराज बठिट्टालाई प्राप्त गरेको छ। एफसी चितवनले विशाल स्याङ्तेनलाई टोलीमा राखेको छ भने झापाले श्याम मुर्मुलाई छनोट गरेको छ। काठमाण्डौ रेजर्स एफसीले पुस्कर खड्का, ललितपुर सिटी एफसीले दिपेश घले र पोखरा थन्डर्स एफसीले सकल रेग्मीलाई अनुबन्ध गरेको छ।

Sagarmatha Cement

त्यस्तै, चौथो राउण्डमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाई र धनगढीले सन्तोष महतलाई छनोट गरेको छ। एफसी चितवनले आफ्नो स्थान बलियो बनाउनको लागि प्रदीप भण्डारीलाई लिएको छ भने झापा एफसीले अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ। काठमाण्डौ रेजर्स एफसीले पेम्बा दोर्जे लामा, ललितपुर सिटी एफसीले अनिश क्षेत्री र पोखरा थन्डर्स एफसीले प्रविणकुमार सुनारलाई ल्याएका छन्।

सी–श्रेणी ड्राफ्ट पूरा भएपछि, सबै टोलीहरूले अब आफ्नो युवा प्रतिभाहरू सुरक्षित गरेका छन् । जसले आफ्नो टोलीमा गहिराइ र ऊर्जा थपेको छ। एनएलएल आयोजक समितिले सी–श्रेणीका खेलाडीहरूको लागि मूल्य दायरा रु.१ लाखदेखि १.५ लाखसम्म तोकेको छ । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.