मंगलवार, कार्तिक ३,२०८३ 04:20:32
  • मंगलवार, कार्तिक ३,२०८३ 04:20:32
Global IME Bank Limited

नेपाल सुपर लिगमा खल्ती र आइएमई पे को टिकेटिङ साझेदारी

Bizshala
नेपाल सुपर लिगमा खल्ती र आइएमई पे को टिकेटिङ साझेदारी
New Office

 

काठमाण्डौ । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गईरहेको ‘नेपाल सुपर लिग २०२५’ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकेटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।

फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै  माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न सक्नेछन्।

नेपाल सुपर लिगका यो भन्दा अघिल्ला संस्करणहरूमा ‘आइएमई पे’ र नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, ईन्टरनेसनल उमन्स च्यामपेन्सिप जस्ता खेलकुद लिगमा ‘खल्ती’ टिकटिङको पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन् भने यी दुवै डिजिटल वालेटको यस संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्ने कुरामा विश्वस्त रहेको साझेदारहरू बताउँछन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस लिगमा ललितपुर सिटी, काठमाण्डौ रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर, धनगढी गरी ७ फुटबल क्लब भिड्दैछन् ।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्की भन्छन्, ‘नेपालका दुई विश्वसनीय डिजिटल भुक्तानी प्लेटफर्म, खल्ति र एनएसएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो साझेदारीले टिकटिङलाई सरल बनाउनेछ र दर्शकहरूले सहज रूपमा आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। हाम्रो लक्ष्य एनएसएलको अनुभवलाई अझ सरल, इन्टरेक्टिभ र सहज पहुँचयोग्य बनाउने हो।’

यस्तै आइएमई पे का कार्यकारी अधिकृत प्रविन रेग्मी भन्छन्, ‘नेपाल सुपर लिगको साझेदार हुन पाउँदा आइएमई पे गर्वान्वित छ। खल्ति र एनएसएलसँग सहकार्य गर्दै नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीहरूको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेका छौँ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पनि खुसी व्यक्त गर्दै भने ,‘नेपाल प्रिमियम लिग र अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको अपार सफलतापछि, आइएमई पे र नेपाल सुपर लिगसँग यो यात्रामा जोडिन पाउँदा हामी उत्साहित छौँ। हामी, स्वयं खेलप्रेमीको रूपमा, दर्शकहरूलाई अनलाइन प्लेटफर्म मार्फत सजिलै आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। हामी दशरथ रंगशालामा गुन्जिने नाराहरू, त्यो जोस र उमंग अनुभव गर्न प्रतीक्षारत छौँ। अब गुन्जिनेछ रंगशाला, अब गुन्जिनेछ नेपाल ।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.