एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण
काठमाण्डौ । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । काठमाण्डौ महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको बैंकको कमलादी शाखा चैत १० गते आइतबारदेखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।