मंगलवार, भाद्र २,२०८३ 11:20:46
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 11:20:46
Bizshala
Global IME Bank Limited

एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।  

लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरु उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई फागुन २८ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।    

Bizshala
CG Motors

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।  

साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।  

शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले वहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.