पद्म ज्योति समूहद्वारा विपद् कोषमा १ करोड रुपैयाँ सहयोग
काठमाण्डौ । आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।समूहले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

