संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल
काठमाण्डौ । थोरै संस्थागत लगानीकर्तामा चलखेल, बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका भ्रष्ट अधिकारीसम्म प्रभाव, आफ्नै लगानी वा आफन्तका लगानीका क्रेटिड रेटिङ एजेन्सीलाई समेत प्रभाव पारी आकर्षक(गलत) रेटिङ दिन लगाई लगानीकर्तामा भ्रमको खेती । करोडौंको दायीत्व लुकाएर आर्थिक विवरण प्रकाशन गरी अलि–अलि वित्तीय विवरण बुझ्नेहरुलाई समेत रनभूल्लनमा पार्ने प्रयास ।सबैतिरको...