जीवन बीमकहरुमा नविकरण नभएका पोलिसी थुप्रिदै, व्यवसायमा धक्का पर्ने सम्भावना
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेखको संख्या अर्थात् पोलिसी नविकरण नगर्नेको संख्या चुलिँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहरुमा व्यतित भएका बीमालेखको संख्या १२ लाख ४३ हजार ७६९ पुगेको छ । यो संख्या गत आवको सोही अवधिसम्मको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवमा जीवन बीमा कम्पनीहरुमा यस्तो संख्या ११ लाख ४३ हजार...