निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.२३.६७ अर्ब प्रिमियम, शिखर इन्स्योरेन्सको सर्वाधिक
काठमाण्डौं । निर्जीवन बीमा कम्पनीहरुले साढे २३ अर्ब रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म १४ निर्जीवन बीमा कम्पनीले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.३७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुले २० अर्ब ८८ करोड ३५ लाख...

